Thursday, July 21, 2016

फ्रुटी नपिउन बालकल्याणको आग्रह

काठमाडौँ, ६ साउन । केन्द्रीय बालकल्याण समितिले बालबालिकालाई गुणस्तरहीन खाद्य तथा पेय पदार्थ प्रयोग नगर्न अभिभावकलाई आग्रह गरेको छ ।

समितिका कार्यकारी निर्देशक तारक धितालले आज विज्ञप्ति जारी गर्दै केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दुगड फुड्स एन्ड वेभरेज प्रालिद्वारा उत्पादित पेय पदार्थ फ्रुटी अखाद्य भएको पाइएकाले यस्ता अखाद्य पेय पदार्थ प्रयोग नगर्न अभिभावकलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ– “फ्रुटीजस्ता गुणस्तरहीन पेय पदार्थले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउँने भन्दै अभिभावकलाई त्यस्ता पेय पदार्थ प्रयोग गर्न संवेदनशील हुन भनिएको छ ।”

समितिले पेय तथा पदार्थ बालबालिकालाई हानी पु¥याउने पदार्थ भए÷नभएको यकिन गरेर मात्र प्रयोग गर्न अभिभावकलाई आह्वान गरेको छ । पेय एवम् खाद्य पदार्थ बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले उत्पादनकर्तालाई तोकिएको मापदण्ड एवम् गुणस्तरमा ध्यान पु¥याइ उपभोक्ताको स्वास्थ्यमा हेलचेक्र्याँइ नगर्न भनिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts