Wednesday, July 13, 2016

नेपाल र भारतका महिला भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुने

काठमाडौँ, २९ असार । नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय टोलीबीच दुई मैत्रीपूर्ण खेल हुने भएको छ ।

मैत्रीपूर्ण खेल आगामी साउन १३ र १४ गते नेपालमै गर्न लागिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घले जानकारी दिएको छ । खेल यहाँको त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुनेछ ।

उक्त मैत्रीपूर्ण खेलको तयारीका लागि १७ सदस्यीय राष्ट्रिय टोली छनोट गरिएको र लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा टोलीको प्रशिक्षण चलिरहेको सङ्घले जनाएको छ ।

नेपाली टोलीले गत वर्ष घरमै आयोजना भएको दक्षिण एसियाली भलिबल च्याम्पियनसिपमा उपविजेता र भारतमा भएको दक्षिण एसियाली खेलकुद (साग)मा तेस्रो स्थानमा चित्त बुझाएको थियो । अब नेपालको लक्ष्य दक्षिण एसिया क्षेत्रको उपाधि जित्नु रहेकाले त्यसैको तयारी स्वरुप बलियो टोली भारतसँग मैत्रीपूर्ण खेल आयोजना गरिएको सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले बताउनुभयो ।

यसैबीच, केही भलिबलप्रेमीले मैत्रीपूर्ण खेल सम्पन्न गर्न तथा समग्र भलिबलको विकासका लागि भन्दै सङ्घलाई सहयोग गरेका छन् । कार्यक्रममा सङ्घका पूर्वसदस्य विनोद सुवेदीले रु दुई लाख, शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले रु एक लाख ५० हजार तथा नासा इन्टरनेसनल कलेजका अध्यक्ष प्रकाश थापाले रु एक लाखको सहयोग रकम अध्यक्ष शर्मालाई प्रदान गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts