लन्डन, २९ असार । बेलायतको प्रधानमन्त्रीबाट बाहिरिँदै गर्नुभएका कन्जरभेटिभ पार्टीका नेता डेभिड क्यामरुनले आफ्नो उत्तराधिकारी टेरेसा मेलाई बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने प्रक्रिया अगाडि बढाइरहँदा पनि ईयूसँगको सम्बन्धलाई निकट एवम् सुमधुर रहने गरी अघि बढ्न आग्रह गर्नुभएको छ ।
बुधबार प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिनुभन्दा केही घण्टा पहिले उहाँले सांसदहरुसँग बिदाई सम्बोधन गर्नुुहुँदै बेलायती संसद हाउस अफ कमन्समा भन्नुभयो, मेरा उत्तराधिकारी एवम् बेलायती कुशल मध्यस्थकर्तालाई मेरो सल्लाह छ कि उहाँले बेलायतलाई ईयूबाट अलग गर्दैगर्दा पनि बेलायतको ईयूसँग रहेको सम्बन्ध सम्भव भएसम्म निकट रहनेगरी गर्नुहुनेछ । यसो गर्नु बेलायत ईयू दुवैको व्यापार र सुरक्षा सहकार्यका लागि फाइदाजनक हुनेछ ।
प्रधानमन्त्री क्यामरुनले बेलायती जनताले मुलुकलाई ईयूबाट अलग गर्ने पक्षमा मतदान गरेपछि दुई साता पहिले नै प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।
उहाँले बुधबारै बेलायती महारानी एजिलावेथ द्वितीयलाई बकिङ्घम प्यालेसमा भेटी आफ्नो राजीनामा पेस गर्नुहुनेछ । उहाँको राजीनामापश्चात बेलायती महारानीले प्रधानमन्त्रीको कार्यभार पूर्व गृहमन्त्री मेलाई सुम्पिने बताइएको छ ।
उनान्साठी वर्षीया मे बेलायती ‘आइरन लेडी’ मार्गरेट थ्याचर पछि लेवर पार्टीकै तर्फबाट बेलायत सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । उहाँ बेलायतको इतिहासमा दास्रो प्रधानमन्त्री हुनुहुनेछ ।
मे प्रधानमन्त्रीमा आएसँगै उहाँका सामु बेलायतलाई ईयूबाट अलग गराउने कठिन पहलका लागि चुनौतीको सामना गर्नुपर्नेछ ।
ईयू नेताहरुले नयाँ नेतृत्वमा आएसँगै मेले छरितो कदमलाई अगाडि बढाउँदै बेलायतलाई ईयूसँग सदस्य राष्ट्रका नाताले रहिआएका संयुक्त क्रियाकलापबाट अलगनगरी बे्रक्जिट को निर्णयपछि ईयू र बेलायतबीच रहेको अनिश्चिततालाई अन्त्य गर्न आग्रह गरिसकेका छन् । रासस÷एएफपी
No comments:
Post a Comment