Tuesday, July 12, 2016

प्रम ओलीलाई पदबाट राजीनामा दिन माग

काठमाडौँ, २९ असार । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिन माग गरेको छ ।

केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले प्रम ओलीले पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गराउने र व्यवस्थापिका–संसद्बाट बजेट पारित गराउन असहयोग गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

केन्द्रका अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको ठहर गरेको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारले आफूसित भएको नौबुँदे सहमति पालना नगरेको जनाउँदै मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts