Tuesday, July 12, 2016

प्रम कप विवि खेलकुदमा नीर र गङ्गालाई स्वर्ण

काठमाडौँ, २९ असार । त्रिभुवन विश्वविद्यालय (टियू) का नीरविक्रम देवकोटा र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी गङ्गा विष्टले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनमा मङ्गलबार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको एकलको पुरुषतर्फ नीर र महिलामा गङ्गा च्याम्पियन बनेका हुन् ।

फाइनलमा नीरले टीयूकै जीवन आचार्यलाई १५–२१, २१–१५ र २१–१३ को सेटमा पराजित गरे ।

महिलाको उपाधि भिडन्तमा गङ्गाले कृषि तथा वन विज्ञान विश्वविद्यालयकी सोनिया गुरुङलाई २१–८ र २१–३ को सोझो सेटमा सहजै हराइन् ।

पुरुष युगलमा पनि नीरले एकलका फाइनल प्रतिद्वन्द्वी जीवनसँग मिलेर स्वर्ण हात पारे । उक्त जोडीले काठमाडौँ विश्वविद्यालय (केयू) का रिकेश श्रेष्ठ र भूपेन्द्र गिरीको जोडीलाई २१–९ र २१–१७ को सिधा सेटमा पाखा लगाए ।

कृषि तथा वनका अस्मिता सुवेदी र सोनिया गुरुङको जोडी महिला युगलमा च्याम्पियन बने । अस्मिता र सोनियाको जोडीले सुदूरपश्चिमाञ्चल विविका गङ्गा र हेमा जोशीको जोडीलाई १९–२१, २१–१३ र २१–१६ ले पन्छाए ।

त्यस्तै, पुरुष भलिबलमा टियूले लगातार तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा टियूले केयूलाई २५–१८, २५–१४ र २५–१३ तथा पूर्वाञ्चल विश्वविद्यालयलाई २५–१२, २५–१२ र २५–१८ को सोझो सेटमा हरायो ।

राउन्ड रोविन लिगको अर्को खेलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पूर्वाञ्चललाई २५–१८, २५–९ र २५–१२ को सिधा सेटमा पन्छ्याउँदै लगातार दोस्रो जित आत्मसात् ग¥यो । सुदूरपश्चिमाञ्चलले केयूलाई २५–११, २५–२२ र २५–१५ को सोझो सेटमा निरास पा¥यो ।

त्यसैगरी, टेबलटेनिसको पुरुष एकलमा केयूका सुजन पन्त र महिला एकलमा केयूकै दीपिका श्रेष्ठले स्वर्ण जिते । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुजनले पियू (पूर्वाञ्चल) का प्रवेश न्यौपानेलाई ३–१ तथा दीपिकाले केयूकै रेज्शा कोटेजालाई ३–० को सेटमा पराजित गरे ।

पुरुष युगलमा केयूका अविन प्रजापति र सुजन पन्तको जोडीले टियूका महेश ढकाल र ज्ञानेन्द्र भुजेलको जोडीलाई ३–१ ले पाखा लगाउँदै शीर्ष स्थान हात पारे । सो स्पर्धाको महिलामा केयूका रेज्शा र दीपिकाको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले टियूका खेमकुमारी ढुङ्गाना र सरिता तामाङको जोडीलाई ३–१ ले पन्छाए ।

अब आज हुने पुरुष बास्केटबलमा टियू र केयू उपाधिका लागि भिड्नेछन् । चार टोली सहभागी राउन्ड रोविन लिगमा दुवै अपराजित छन् । तसर्थ यी दुई टोलीबीच हुने खेल फाइनल सरह हुनेछ ।

त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा मङ्गलबार टियूले कृषिलाई ७०–४० तथा केयूले पियूलाई ८०–३५ ले निराश पारे । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts