Saturday, July 16, 2016

सफाइ अभियानलाई देशव्यापी बनाउनुपर्छ – मुख्य सचिव डा सुवेदी

पोखरा, १ साउन । मुख्य सचिव डा सोमलाल सुवेदीले खोलानाला सरसफाइ अभियानलाई देशव्यापी बनाउनुपर्ने बताउनुभएको छ ।

पोखराको फिर्के–वुलौदी सफाइ अभियानअन्तर्गतको सातौँ शृङ्खलाको आज यहाँ शुभारम्भ गर्दै उहाँले सबै नागरिकलाई सचेत गराई यसमा सहभागी बनाउन सके अभियानको लक्ष्य पूरा हुने धारणा राख्नुभयो ।

सो अवसरमा उहाँले सरसफाइ अभियानका सहभागीलाई शपथसमेत खुवाउनुभएको थियो ।

यस अभियानको सातौँ शृङ्खलासम्म २५ हजार पोखरेलीले सहभागिता जनाइसकेको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।

आज टुंडाकोपाटनदेखि तल ५०० मिटरसम्म सरसफाइ गरिएको थियो । विभिन्न सङ्घसंस्था र स्थानीयवासी गरी करिब ५०० जनाको सहभागिताबाट चार ट्रक फोहर निकालिएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts