काठमाडौँ, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि कतारका राजदूत अहमेद जस्सीम अली हमारले आज बिदाइ भेट गर्नुभयो ।
भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको कूटनीतिक, व्यापारिक एवम् आर्थिक सम्बन्ध, रोजगारीको सिलसिलामा कतारमा रहेको नेपाली श्रमिक र द्विपक्षीय हितका अन्य विषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन राजदूत हमारले निर्वाह गर्नुभएको भूमिका तथा योगदानको सरहाना गर्दै धन्यवाद व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment