Wednesday, July 13, 2016

तीन सय प्रतिशत घरजग्गा कर वृद्धिको विरोधमा धर्ना

काठमाडौँ, २९ असार । सङ्घीय गठबन्धन आन्दोलन, नेवाः ऐक्यबद्धता समूहले काठमाडौँ महानगरपालिकाले ३०० प्रतिशतभन्दा बढी घरजग्गा कर वृद्धि गरेको विरोधमा आज महानगरपालिकाको कार्यालयमा एक घण्टा धर्ना दियो ।

धर्नामा महानगरपालिकाका पूर्व जनप्रतिनिधि, नागरिक अगुवाका साथै स्थानीयवासीको सहभागिता थियो ।

धर्नापछि नेवाः ऐक्यबद्धता समूहका संयोजक डा महेशमान श्रेष्ठले महानगरपालिकाका कार्यकारिणी अधिकृत रुद्र सिंह तामाङलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

कार्यकारिणी अधिकृत तामाङले ज्ञापनपत्रको भावनाअनुसार सम्बन्धित निकायमा जानकारी गराइने विश्वास दिलाउँदै कर वृद्धि अर्थ मन्त्रालयको निर्णयअनुसार भएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts