Saturday, July 9, 2016

पुल बनेपछि स्थानीय बासिन्दा लाभान्वित

बाबियाचौर (म्याग्दी), २५ असार । बेनी नगरपालिका १३ र बरङ्जा गाविस–२ को सिमानामा पर्ने म्याग्दी नदी माथि यस वर्ष दुई वटा झोलुङ्गे पुल निर्माण भएका छन् ।

तातोपानी बजारमा रु ३७ लाख ४१ हजार ८३२ को लागतमा १०३ मिटर र पखेरको जलुकेमा रु ३७ लाख ३७ हजार ५९८ लगानीमा ८७ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।

जिविस र गाविस अनुदान तथा सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा झोलुङ्गे पुल निर्माण भएको हो । तातोपानी बजारको झोलुङ्गे पुलबाट ६१७ र जलुके पुलबाट एक हजार ५११ घरधुरी बासिन्दा लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ ।

पुल निर्माण भएपछि बरङ्जा गाविसको ९ नम्बरबाहेक सबै वडा र बेनी नगरपालिका–१३ का बासिन्दा प्रत्यक्ष लाभान्वित भएका तातोपानी झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पखेर र तातोपानीको जलुके जोड्ने काठको झोलुङ्गे पुल जीर्ण हुँदा स्थानीय बासिन्दा जोखिम मोलेर वारपार गर्दै आएका थिए । अहिले सुरक्षित पुल निर्माण भएपछि ढुक्क भएर वारपार गर्न पाउँदा स्थानीय बासिन्दाले सहज महसुस गरेका अध्यक्ष शाक्यले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts