Saturday, July 30, 2016

प्राचार्य मिश्र मृत फेला

दमक, १५ साउन । गौरादह नगरपालिका–१३ ग्वाँलडुब्बास्थित प्रगति उमाविका प्राचार्य मदनकुमार मिश्र आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

मिश्रको शव डोरीमा बाँधेर भुइँमा झरेको अवस्थामा फेला परेको इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक कमल खत्रीले जानकारी दिनुभयो । मिश्र गौरादह– ११ स्थित चन्द्रबहादुर दाहालको घर नजिकै मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीयले मिश्रलाई हत्या गरेर झुण्डाएको हुन सक्ने दाबी गरेका छन् । प्रहरीले मृतकको शव परीक्षणका लागि मोरङको उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts