Monday, July 11, 2016

जुवाखालबाट आठ जना पक्राउ

भक्तपुर, २७ असार । महानगरीय प्रहरी वृत्त जगातेले आज सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिर जाने बाटोसँगै रहेको हरिप्रसाद छुस्याकीको घरमा जुवातास खेलिरहेका आठजनालाई पक्राउ गरेको छ ।

उक्त घरमा प्रहरीले आज छापा मार्दा जुवा खेलाउने रामेछाप बेथान–६ की ईश्वरी लामासहित आठजनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा रामेछाप बेथान–६ घरभई सूर्यविनायक बस्दै आएका राजेन्द्र लामा, काभ्रे मेक्छे–२ का चन्द्रमान तामाङ, काभ्रे–का निमा भन्ने फूर्तीमान तामाङ, श्याम तामाङ, काभ्रे नारायणस्थान–४ का सञ्जय तामाङ, सिन्धुपाल्चोक सुनखानी–९ का पासाङ लामा र जुवा खेलाउने घरका घरभेटी हरिप्रसाद छुस्याकीलाई प्रहरीले पक्राउ गरेको प्रनाउ शर्माले जानकारी दिनुभयो ।

प्रहरीले जुवाखालबाट रु ४० हजार ३० समेत बरामद गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts