Monday, July 11, 2016

राष्ट्रिय सहमतिको सरकारबारे छलफल

काठमाडौँ, २७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउव र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज राष्ट्रिय सहमतिको सरकार गठन, संविधान कार्यान्वयन तथा मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा अपराह्न भएको भेटमा दुई नेताबीच राष्ट्रिय सहमतिको सरकार गठन लगायत विषयमा कुराकानी भएको नेता देउवाका निजी सचिव केशव जोशीले जानकारी दिनुभयो । भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकारका लागि सहयोग गर्न प्रस्ताव राख्नुभएको थियो ।

यसअघि बिहान माओवादी केन्द्रको बैठकले सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न छलफल गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । त्यसअनुरुप दाहालले काँग्रेससँग छलफल गर्नुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts