Saturday, July 9, 2016

सत्तारुढ दलको बैठक आइतबार बस्ने

काठमाडौँ, २५ असार । व्यवस्थापिका–संसद्को बैठक लम्बिएका कारण आज बस्ने भनिएको सत्तारुढ दलको बैठक स्थगित भएको छ ।

विनियोजन विधेयकबारे छलफल लम्बिएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राससलाई जानकारी दिनुभयो ।

सत्ता साझेदार प्रमुख घटक नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा मार्ग प्रशस्त गरेपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि बैठक बोलाउनुभएको थियो ।

सत्तारुढ दलको अर्को बैठक आइतबार साँझ ६ बजे पुनः बस्ने प्रेस सल्लाहकार दाहालले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts