राजविराज, ४ साउन । सप्तरीको कञ्चरुप नगरपालिका–८ स्थित भित्री सडकखण्डमा आज ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाने क्रममा स१त ४००४ नंको ट्र्याक्टरले सोही नपा बस्ने ३५ वर्षीया पैदल यात्री बौकी सरदारलाई ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने चालक फरार रहेको छ भने ट्र्याक्टर इप्रका कञ्चनपुरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिप्रका सप्तरीले जनाएको छ । रासस
No comments:
Post a Comment