Tuesday, July 19, 2016

नेपाल र मेरिलेबोनबीच मैत्रीपूर्ण खेल जारी, नेपालले पाँच विकेट लियो

काठमाडौँ, ४ साउन । नेपाली राष्ट्रिय क्रिक्रेट टोली र मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)बीच दोस्रो पारी जारी छ ।

नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मेरिलेबोनले यो समाचार तयार पार्दासम्म ३३ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर १०७ रन बनाएको छ । नेपालका सागर पुनले तीन तथा शक्ति गौचन र सन्दीप लामिछानेले एक÷एक विकेट लिएका छन् ।

यसअघि इङ्ग्ल्यान्डको लन्डनस्थित लर्डस क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।

चौथो ओभरको सुरुवातीमै ओपनर अनिल मण्डललाई व्यक्तिगत दुई रनमा गुमाएको नेपालका लागि अर्का ओपनर ज्ञानेन्द्र मल्ल ३९ रन बनाउँदै पारी सम्हालेका थिए । त्यस्तै कप्तान पारस खड्काले ३० शरद भेषावकरले २७, सागर पुनले २६, अविजित रहेका वसन्त रेग्मी र राजु रिजालले समान २४ तथा सोमपाल कामीले २० रन बनाएपछि नेपालको सम्मानजनक स्कोर खडा भएको थियो । त्यसैगरी विनोद भण्डारीले नौ रन बनाएका थिए भने शक्ति गौचन शून्य रनमा अविजित रहेका थिए ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डस्मा नेपाली टोलीले त्यहाँको घरेलु क्रिकेट क्लबसँग खेल्ने अवसर पाएको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts