Monday, July 11, 2016

अमेरिकामा नेतृत्व विकास कार्यक्रमका लागि नेपाली महिला जाँदै

पोखरा, २७ असार । महिला सशक्तीकरण नेपालको पहल एवम् विमेन विङको आयोजना तथा संयुक्त राज्य अमेरिका सरकारको सहयोगमा थ्री सिस्टर एड्भेन्चर ट्रेकिङका १० जना नेपाली महिला संयुक्त राज्य अमेरिकाको सन्फ्रान्सिकोमा नेतृत्व विकास कार्यक्रममा सहभागी हुनेभएका छन् ।

विमेन विङ संस्थाको संयोजनमा महिला सशक्तीकरण नेपाल र अमेरिकी संस्था सोसेर विथआउट बोडर्सबीच आदानप्रदान कार्यक्रम सञ्चालन हुँदै आएकामा सोसेर विथआउट बोडर्सको आमन्त्रणमा नेपाली टोली अमेरिका जान लागेको हो ।

महिला सशक्तीकरण नेपालका संस्थापक अध्यक्ष लक्की क्षेत्रीका अनुसार आदानप्रदान कार्यक्रमअन्तर्गत महिला सशक्तीकरण नेपालको आमन्त्रणमा सोसेर विथआउट बोडर्सका १० जना प्रतिनिधिले नेपाल आएर महिला सशक्तीकरणबारे जानकारी लिनुका साथै एकअर्का संस्थाका गतिविधिबारे अन्तक्र्रिया गरी फर्किसकेका छन् ।

कार्यक्रममा देशका विभिन्न जिल्लाका टे«किङ गाइडका रुपमा कार्यरत महिला सहभागी हुन लागेको महिला सशक्तीकरण नेपालका संस्थापक अध्यक्ष लक्की क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रममा सहभागी हुने महिलामा निर्मा राई, शान्ति राई, दुर्गालक्ष्मी रावल, भगवती पुन, दानु गुरुङ, टुलदेवी पुन, विजया कार्की, राधिका शाक्य, ईन्द्रकला राई र लक्ष्मी भारती हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts