Monday, July 4, 2016

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

काठमाडौँ, २० असार । सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो ।
नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार आज दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ । आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम रहेको थियो । अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार पछिल्लो दुई दिनमा छ अङ्कले घटेको हो ।
सेयर बजारको मापक निकाय नेपाल स्टक एक्चेन्जका अनुसार आज १४० कम्पनीको रु एक अर्ब ५४ करोड २० लाख सात हजार २३६ कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकमसमेत कम भएको छ । विभिन्न कम्पनीका १८ लाख १७ हजार २७१ कित्ता सेयर खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज विकास बैंक र फाइनान्स समूहबाहेक अन्य समूहको सेयर ओरालो लागेको छ । बैंकिङ समूह ०.२५ प्रतिशत, होटल ०.३३ प्रतिशत, जलविद्युत् ०.७६ प्रतिशत, इन्सुरेन्स ०.८४ प्रतिशत र अन्य समूह ०.२९ प्रतिशते कमी आएको छ ।

लगानीकर्ता फाइनान्स समूहतर्फ आकर्षित भएपछि उक्त समूह ४.८३ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ०.१६ प्रतिशतले बढेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts