Tuesday, July 12, 2016

पछिल्लो परिस्थितिबारे विचार गरिरहेको छु : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)ले सरकाबाट समर्थन फिर्ता लिएपछिको राजनीतिक परिस्थितिका बारेमा आफूले विचार गरिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाहिरिने क्रममा उहाँले भन्नुभयो, ‘‘माओवादीले बुझाएको पत्र प्राप्त भयो, तत्सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने बारेमा विचार गर्दैछु ।’’

माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी मन्त्रीसँग अनौपचारिक छलफल गर्नुभएको थियो ।

यस्तै उपप्रधानमन्त्री भीम रावलले माओवादी केन्द्रको समर्थन फिर्ता लिने निर्णय दुई दलबीच भएको १४ बुँदे सहमतिको उल्लङ्घन भएको बताउनुभयो ।

उहाँले राजनीतिक स्थायित्व प्रदान गर्ने र संविधान कार्यान्वयन गर्ने विषयमा पछिल्लो राजनीतिक घटनाक्रमले राम्रो नगरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘पछिल्लो अवस्थाबारे सरकारमा रहेका अन्य दल, आफ्नै पार्टीभित्र पनि गम्भीर छलफल गरेर, अवस्थाको विश्लेषण गर्दै अन्य दलसँग पनि छलफल गरेर निर्णय लिन्छौँ ।’’

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, माओवादी केन्द्रको निर्णय एवम् भावी राजनीतिक अवस्थाका बारेमा समेत सामान्य छलफल भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts