Tuesday, July 12, 2016

भोजपुरमा ६० प्रतिशत रोपाइँ सकियो

भोजपुर, २९ असार । असार महिना सकिन लाग्दा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

धानखेती हुने क्षेत्रमा शत प्रतिशत रोपाइँ सम्पन्न भएपनि दुई पटक धानबाली हुने बेँसीमा भने साउने धान पाक्न समय लाग्ने भएकाले ४० प्रतिशत रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क रहेको छ ।

एक सय ९० हेक्टर भूभागमा मात्र आकासे पानीको भरमा रोपाइँ गरिने भएकाले यस वर्ष बेलैमा वर्षा भएकाले गत वर्षको तुलनामा धेरै क्षेत्रमा रोपाइँ गरिसकेको कृषकले बताएका छन् ।

भोजपुरमा १९ हजार १९० हेक्टरमा धानखेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय भोजपुरका बागबानी विकास अधिकृत कृष्णप्रसाद रेग्मीले बताउनुभयो ।

यहाँका कृषकले अटे, बेलकुटी, बासमती र मनसरा जातका स्थानीय धान तथा खुमल जातको धान रोप्ने गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts