अमेरिकाको रिपब्लिकन पार्टीले आउँदो राष्ट्रपति चुनावका लागि डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने औपचारीक निर्णय गरेको छ ।
दुई दिनसम्म चलेको रिपब्लिकन पार्टीको महाधिवेशनले ट्रम्प राष्ट्रपतिको चुनावी होडमा रहने औपचारिक घोषणा गरेको हो ।
१३ महिना लामो अभियानपछि रिपब्लिकन पार्टीले उम्मेदवारको टुंगो लगाएको छ ।
राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बन्न चाहने १७ जना रहेकामा ट्रम्पले सबैभन्दा बढी १ हजार ७ सय २५ मत पाएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
यस्तैगरी ईन्डियाना राज्यका गर्भनर माईक पेन्सलाई उपराष्ट्रपतिको उम्मेदवार चयन गरिएको छ ।
राष्ट्रपति चुनावका लागि उम्मेदवार चयन भएपछि भिडियोमार्फत सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले आउँदो चुनाव जितेर अमेरिकामा सही अर्थमा परिवर्तन ल्याउने दावी गरे ।
उनले रोजगारी सिर्जना गर्ने, सेनालाई बलियो बनाउने, सीमा सुरक्षा बढाउने, कानूनी शासन बहाल गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकामा राष्ट्रपतिको चुनाव आउँदो नोभेम्बरमा हुनेछ ।
Wednesday, July 20, 2016
डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बनाउने रिपब्लिकन पार्टीको निर्णय
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment