Wednesday, July 20, 2016

संसदमा बजेट सम्बन्धी विधेयक रोक्ने प्रयास नगर्न प्रधानमन्त्रीको चेतावनी

काठमाडौ, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बजेट सम्बन्धी विधेयक रोक्ने प्रयास नगर्न चेतावनी दिएको छ ।
संसदमा भोलि अविश्वासको प्रस्तावमा छलफल हुने तयारी भैरहेको बेला त्यसो गरे विरोध गर्ने प्रधानमन्त्रीले संकेत गरेको हो ।
प्रधानमन्त्रीले बजेट आश्रित विधेयकलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय प्रतिनिधि परिषदको उद्घाटन गर्दै प्रधानमन्त्रीले कार्यसूचिमा आइसकेको बजेट सम्बन्धी तीनवटा विधेयक हराएको भन्दै त्यसको खोजी गर्ने बताए ।
‘निर्णयार्थ प्रस्तुत हुन लागेको आर्थिक विधेयक रोकेर, संस्थाको दुरुपयोग गर्दै अविश्वासको प्रस्ताव संसदमा ल्याउनै मिल्दैन,’ प्रधानमन्त्रीले भने– ‘स्वाभाविक रुपमा हामीले भोलि ११ बजे त्यो हराएको प्रस्ताव कहाँ गयो भनेर खोज्ने काम गर्छौं । बलजफती गरेर अगाडी बढ्न नखोज्नु राम्रो हुन्छ ।’
केही देश विरोधी पक्ष आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशलाई द्वन्द्वमा धकेल्ने तर्फ लागेको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीले आफुले ९ महिनामा कुनै उल्लेख्य काम गर्न नसकेपनि गर्ने कोशिस गरेको बताए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts