काठमाडौँ, १० साउन । कृषिमा व्यावसायीकरणको जागरण अभियानमा कार्यरत ‘अष्ट ज’ अभियान संस्थाले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई आज गमला हस्तान्तरण गरेको छ ।
उक्त अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले पनि सरसफाइ तथा स्वास्थ्यमैत्री कार्यक्रमलाई अभियानकै रुपमा लागू गर्न ‘गो ग्रिन क्याम्पियन’ सुरुआत गरेको र चाँडै अवकाशप्राप्त सैनिकहरुलाई कृषिसम्बन्धी प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।
संस्थाका अध्यक्ष लोककृष्ण भट्टराईले आर्थिक विकासका निम्ति आठ ‘ज’ अर्थात् जल, जमिन, जङ्गल, जडीबुटी, जराजुरी, जनावर, जलवायु र जनशक्तिको उपयोगिताको उपयुक्त वातावरण निर्माणका निम्ति सम्बन्धित पक्षलाई दबाब सिर्जना गर्ने एवम् उपयुक्त वातावरण निर्माण गर्न सघाउने उद्देश्य अनुरुप संस्थाको स्थापना भएको बताउनुभयो । रासस
No comments:
Post a Comment