Monday, July 25, 2016

प्रवेशिकाको पुनःयोगको नतिजा प्रकाशित

काठमाडौँ, १० साउन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका परीक्षाको पुनःयोगको नतिजा आज प्रकाशन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार ५०४ परीक्षार्थीका नतिजा परिवर्तन गरिएको छ । करिब चार हजार विद्यार्थीले पुनःयोगका लागि निवेदन दिएका थिए । सबभन्दा बढी गणित विषयको लब्धाङ्क परिवर्तन गरिएको छ ।

उहाँका अनुसार गणितमा १५८, विज्ञानमा ९७, अतिरिक्त गणितमा ७४, अङ्ग्रेजीमा ६३, सामाजिक शिक्षामा ४७ र नेपालीमा ४१ परीक्षार्थीको लब्धाङ्क परिवर्तन गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts