Monday, July 25, 2016

दुई मन्त्रीद्वारा मूर्ति अनावरण

भक्तपुर, १० साउन । सूर्यविनायक नगरपालिका–१४ चित्तपोलस्थित लटरम्बेश्वर महादेव मन्दिरमा आज मूर्ति अनावरण गरिएको छ ।

लटरम्बेश्वर मन्दिरमा महादेवको मूर्ति अनावरण कार्यक्रममा भूमिसुधार तथा व्यवस्था सहायकमन्त्री दिनेश श्रेष्ठ र सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री रेशम लामाले संयुक्त रुपमा मूर्तिको अनावरण गरिएको हो ।

कार्यक्रममा मन्त्रीद्वयले हिन्दू धर्मको रक्षाका लागि सबै हिन्दूधर्मावलम्बी लाग्नुपर्नेमा जोड दिँदै जबर्जस्ती धर्म परिवर्तन गर्ने गराउनेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

शिखर शैलीमा निर्माण भएको ५० फिट अग्लो सात वटा गजुर रहेको उक्त मन्दिर दुई लाख ४५ हजारको लागतमा निर्माण भएको मूर्ति अनावरण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डोलबहादुर कार्कीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts