काँकडभिट्टा (झापा) १० साउन । गौरादह–५ स्थित गेउरिया खोलाले बगाउँदा स्थानीयवासी अनुज न्यौपानेको मृत्यु भएको छ ।
प्रहरीका अनुसार झापाको धुलाबारी घर भई गौरादहस्थित मावली घरमा बसेर पढ्दै आएका न्यौपाने आइतबार अपराह्नदेखि बेपत्ता थिए । आज बिहान इलाका प्रहरी कार्यालय गौरादहको टोलीले उनको शव खोलाको बीचमा रहेको रुखको जरामा अड्किएको अवस्थामा फेला पारेको जनाइएको छ ।
त्यसैगरी सोही वडाकै ३६ वर्षीय टेकेन्द्रबहादुर खड्का भने अझै बेपत्ता रहेको बताइएको छ । रासस
No comments:
Post a Comment