Friday, July 29, 2016

बर्दिया निकुञ्ज बाघका लागि उपयुक्त बासस्थान

बर्दिया, १४ साउन । पछिल्लो पटक बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त बासस्थान हुँदै गएको छ ।

साताँै अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपयुक्त बासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँगै निकुञ्जमा बाघको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको जनाइएको छ । कार्यक्रममा प्रजिअ विष्णु थापाले निकुञ्जमा हाल ८५ बाघ रहेको घोषणा गर्नुुभयो ।

नेपालले अन्तर्राष्ट्रिय रुपमा जनाएको प्रतिबद्धता अनुरुप निकुञ्जमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य रहेको छ । निकुञ्जमा सात वर्षदेखि बाघका चोरि सिकार शून्य हुँदै आएको संरक्षण प्रमुख रमेश थापाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts