Friday, July 29, 2016

चिसाङ खोलामा डुबेर दुईको मृत्यु

उर्लाबारी (मोरङ), १४ साउन । मोरङको बाहुनी–८ स्थित चिसाङ खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ ।

खोलामा नुहाउन पसेकी बाहुनी–८ बस्ने रामप्रसाद निरौलाकी १३ वर्षीया छोरी निता निरौला र सोही ठाउँका प्रजापति खनालकी १२ वर्षीया छोरी सावित्रा खनालको आज दिउँसो १ः३० बजे डुबेर मृत्यु भएको हो ।

दुवैको शव आज दिउँसो खोलामा डुबेको अवस्थामा उनीहरुका अभिभावकले भेटेका हुन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको इप्रका बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts