Monday, July 4, 2016

पहिरोले घर पुरिदा प्युठानमा ८ जनाको मृत्यु

प्युठान, २१ असार ।  छिमेकी जिल्ला प्युठानमा गएरातीको अविरल वर्षा संगै आएको पहिरोले घर पुरिदा  दुई परिवारका  ८ जनाको मृत्यु भएको छ ।
रजवारा गाविस वडा नम्वर–३ नेटाका दुर्गाबहादुर मल्लको घर पुरिँदा उनका परिवारका ५ जना र पुजा गाविस–३ का ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
आज विहान ५ वजे मात्रै खवर आएको र प्रहरीको टोली त्यस तर्फ पठाईएको प्युठानका  जिल्ला प्रहरी प्रमुख  किशोर राठौरले जानकारी दिए । सदरमुकाम खलाङ्ग देखि घटना स्थल गाडीमै चार घण्टाको दुरीमा पर्ने र प्रहरी अहिले त्यहाँ पुगी नसकेकोले  विस्तृत विवरण आई नसकेको राठौरले बताए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts