Friday, July 22, 2016

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस

काठमाडाँै, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० को उपनियम ४ बमोजिम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव सदन समक्ष पेस गर्नुभएको हो । सो प्रस्तावमा २८१ सांसद्को हस्ताक्षर रहेको सभामुख ओनसरी घर्तीले जानकारी गराउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts