विराटनगर, ७ साउन । लागुऔषध ओसारपसारको अभियोगमा पक्राउ परेका दुई जनालाई आज कारागार चलान गरिएको छ ।
जिल्ला अदालत मोरङले पुर्पक्षका लागि भक्तपुर सूर्यविनायक–४ बस्ने १८ वर्षीय महेन्द्र तामाङ र मकवानपुरको हेटौँडा–५ बस्ने १८ वर्षीय डोरमणि चौलागाईंलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत जेठ २९ गते प्रहरीले विराटनगर–१५ बाट दुवै जनालाई लागुऔषध सहित पक्राउ गरेको थियो । रासस
No related posts.
No comments:
Post a Comment