काठमाडौँ, २६ असार । पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान (आएसर)ले ‘क्रसरोड्स’(चौबाटो) शीर्षक कथासङ्ग्रह बजारमा ल्याएको छ ।
दुई वर्षअघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक कथा समेटेर सो कृति सार्वजनिक गरेको हो । सङ्ग्रहलाई महेश पौड्यालले सम्पादन गर्नुभएको हो ।
कृति विमोचन गर्दै प्रा डा सञ्जीव उप्रेतीले आफू सो कृतिभित्र सङ्गृहीत कथाले बोकेको स्थानीय रङबाट निकै रोमाञ्चित भएको बताउनुभयो । उनले पश्चिमका लेखिएका सबै राम्रो तथा पूर्वको नराम्रो भनेर पूर्वाग्रह पाल्नेहरूका लागि यो पुस्तक एउटा कसिलो जवाफ भएको जिकिर गर्नुभयो ।
प्रा अम्मरराज जोशीले सङ्गृहीत कथाका सांस्कृतिक पक्ष निकै बलियो भएको तर केही कथामा भने भाव निकै मर्मस्पर्शी भए पनि विवरणको कमी खड्किएको टिप्पणी गर्नुभयो ।
समालोचक अरुण गुप्तोले प्रकाशनको निरन्तरताप्रति सन्तोष व्यक्त गर्नुभयो । रासस
Sunday, July 10, 2016
‘क्रसरोड्स’ सार्वजनिक
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment