काठमाडौँ, १३ साउन । वामपन्थी नेता तुल्सीलाल अमात्यको १९ औँ स्मृति दिवसमा आज ५९ पिन्ट रगत सङ्कलन गरिएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको आयोजनामा मङ्गलबजारमा भएको रक्तदानमा विभिन्न नेता, कार्यकर्ता तथा सर्वसाधारणले रक्तदान गर्नुभएको हो । कार्यक्रममा नेकपा (एमाले) स्वास्थ्य सेवा विभाग प्रमुख सुजिता शाक्य र राष्ट्रिय योजना आयोगका सदस्य सुमित्रा अमात्यले मुलुकको प्रजातान्त्रिक आन्दोलन तथा वामपन्थी राजनीतिलाई अगाडि बढाउनमा तुल्सीलालको योगदान रहेको बताउनुभयो ।
प्रतिष्ठानका सभापति गोपाल शाक्यले तुल्सीलालको स्मरणमा रक्तदान, काठमाडौँ उपत्यकाका निजी तथा सामुदायिक २५ विद्यालयको सहभागितामा उपत्यकास्तरीय हाजिरी जवाफ प्रतियोगिता र विचार गोष्ठीको आयोजना गरिएको जानकारी गराउनुभयो । रासस
No comments:
Post a Comment