काठमाडौँ, १३ साउन । हिडेन लाइफ फाउन्डेसनले महिला केन्द्रीय कारागारलाई ट्याङ्की हस्तान्तरण गरेको छ ।
फाउन्डेसनका अध्यक्ष विवेक उपाध्यायले केन्द्रीय कारागारका प्रमुख वेदप्रसाद खरेललाई पाँच हजार लिटरको ट्याङ्की हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा कारागार प्रमुख खरेलले पानी खान समस्या परेको केन्द्रीय महिला कारागारमा ट्याङ्की हस्तान्तरण गरेर सेवा गरेकामा फाउन्डेसनलाई धन्यवाद दिनुभयो । फाउन्डेसनका अध्यक्ष उपाध्यायले देशभर भएका अशक्त तथा गरिबको सेवामा सधँै कटिबद्ध भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
फाउन्डेसनले आर्थिक अवस्था कम भएका तर कैद सकिएका व्यक्तिलाई कैदमुक्त गराउनुकासाथै तालिम तथा रोजगारी प्रदान गर्दै आइरहेको छ । रासस
No comments:
Post a Comment