काठमाडौँ, २ साउन । सरकारले नेपाल कानुन आयोगको कायममुकायम सचिवको जिम्मेवारी डा रवि अर्याललाई दिएको छ ।
नेपाल न्याय सेवाका सहसचिव डा अर्याललाई सरकारले उक्त पदमा कामु मुकरर गरेको हो ।
व्यवस्थापिका–संसद्मा कानुनी सल्लाहकारका रुपमा काजमा रहनुभएका सहसचिव डा अर्यालले तत्कालीन संविधानसभाको संविधान मस्यौदा समितिको सचिवको भूमिका कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।
उहाँले हाल संसद्को कानुनी सल्लाहकारको अतिरिक्त वातावरण समितिको सचिवको भूमिका समेत निर्वाह गर्दै आउनुभएको छ । रासस
No related posts.
No comments:
Post a Comment