काठमाडौँ, २ साउन । स्वतन्त्र साहित्यकार तथा कलाकारले लोकसंस्कृति जोगाउन अभियानको थालनी गर्ने भएका छन् ।
साहित्यकार तथा कलाकार व्याकुल माइला, कृष्ण केसी, जेवी टुहरे र श्रवण मुकारुङलगायतले देशभरि नै लोकसंस्कृतिसम्बन्धी विभिन्न कार्यक्रम गर्ने भएका हुन् । साहित्यकार व्याकुल माइलाले त्यसको सुरुवात काठमाडौँबाट नै गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाँडीगाउँको जात्रा भन्ने उक्ति प्रचलित छ । तर हाडीगाउँका बारेमा धेरैलाई जानकारी नहुन सक्छ ।” त्यसैले हाँडीगाउँमा गएर त्यहाँका कलाकार साहित्यकारलाई सम्मान गर्नेछौँ ।
अर्का कलाकार केसीले राज्यले कला, संस्कृति तथा कलाकारका विषयमा सम्बोधन नगरेकाले अब स्वतन्त्ररुपमा कुनै दल निकट नभएका कलाकारले नै राष्ट्रिय संस्कृति जोगाउने अभियानमा लागेको बताउनुभयो ।
नेपालका ७५ जिल्लाका पर्यटकीय सांस्कृतिक क्षेत्रलाई यसरी नै राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्य राखिएको बताउँदै उहाँहरुले हाँडीगाउँलगत्तै पर्यटकीय सांस्कृतिक तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment