Thursday, July 28, 2016

आज भोटोजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

bhotoकाठमाडौँ, १४ साउन । ज्योतिषले साइत हेरी रातो मच्छेन्द्रनाथको रथ तानेर ललितपुरको थटीटोलबाट जावलाखेल पु-याएको चौथो दिन भोटो जात्रा देखाइन्छ ।

एक हजार ३०० वर्षअघि रातो मच्छेन्द्रनाथको रथ यात्रा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवम् थटीटोलबाट जावलाखेल रथ तान्ने साइत हेर्ने समूहका सदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो ।

यात्रा सुरु भएपछि टौदहलाई राजधानी बनाएर नागराज्य चलाएका राजा कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटकले उपचारका लागि वैद्यको खोजी गरे । खेतमा काम गरिरहेका किसानलाई लगेर उपचार गर्न अनुरोध गरे । किसानले हातको मयल माडेर औषधिका रुपमा रानीको आँखामा हालिदिए । भाग्यवश आँखा निको भयो । खुसी भएका नागराजले किसानलाई हीरा जडित भोटो दिएर पठाए ।

किसानले खेतको डिलमा भोटो राखेर काम गर्न थाले । एउटा भूतले आएर भोटो लग्यो । त्यसको भोलिपल्ट रातो मच्छिन्द्रनाथको रथ यात्रा हेर्न किसान थटीटोल जाँदा भूतले भोटो लगाएर आएको देखेपछि दुवैबीच झगडा भएकाले मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

त्यसबेलाका राजाले भोटोको प्रमाणसहित लिन आउनु भनी रथ जावलाखेल पु-याएको चौथो दिन भोटो देखाउने चलन चलेको उहाँले बताउनुभयो । साउन ११ गते थटीटोलबाट जावलाखेल रथ पु-याएको चौथो दिन भोटो देखाउन लागिएको हो ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यही साउन १४ गते शुक्रबार परेकाले काठमाडौँ उपत्यकाभित्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले  जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts