Thursday, July 28, 2016

बस दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुग्यो

धनकुटा, १४ साउन । धनकुटाको सिधुवामा बिहीबार भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको सङ्ख्या १५ पुगेको हो ।

सङ्खुवासभाको मुढेसनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नं बस ब्रेक फेल भएर सिधुवामा दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु भएका एक र उपचारका क्रममा मृत्यु भएका एक गरी दुई पुरुषको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएका २९ जनाको धरान र पाँच जनाको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts