Saturday, July 2, 2016

वर्षाबाट दुई विद्यालय भत्कियोे

बैतडी, १८ असार । बिहीबारदेखिको अविरल वर्षाका कारण शनिबार बैतडीमा दुई विद्यालय भत्किएका छन् ।

अविरल वर्षाका कारण मठैराज गाविस–३ बेलायतपुरमा रहेको चनैराज प्रावि र गाँजरी–८, सुगरखालस्थित केदार निमाविकोे भवन भत्किएका हुन् ।

शनिबार विद्यालयको कार्यालय कक्ष रहेको भवन भत्किएको र कार्यालय कक्षमा रहेको महत्वपूर्ण कागजातमा पानी पसेर क्षति पुगेको चनैराज प्राविका कार्यालय सहयोगी कृष्णदत्त जोशीले जानकारी दिनुभयो ।

विसं २०६८ मा गाविसको आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदानमा निर्माण भएको विद्यालय भवन पाँच वर्षमै भत्किएको बताइएको छ ।

यस्तै अविरल वर्षाका कारण गाँजरी–८ सुगरखालस्थित केदार निमाविको चारकोठे भवन पनि भत्किएको स्थानीय रोशन विष्टले जानकारी दिनुभयो । भवन भत्किँदा पठनपाठनमा समस्या हुने विद्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts