Thursday, July 21, 2016

पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

वैचारिक नेता पुष्पलालको नेतृत्वमा २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्न उहाँको योगदान रहेको छ ।

विसं १९८१ मा रामेछापको भङ्गेरीमा उहाँको जन्म भएको थियो । दिवसका अवसरमा आज पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा श्रद्धाञ्जलि, पुस्तक विमोचन र प्रवचन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेता सहभागी हुनुहुनेछ ।

नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवम् राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय रहेको एमालेले जनाएको छ ।

विसं २००५ मा विश्व प्रसिद्ध कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवादमार्फत नेपालमा माक्र्सवादी विचारधाराको विधिवत् आरम्भ गर्नुभएका पुष्पलालले आफ्ना सहयोद्धासँग मिलेर विसं २००६ साल (इसं १९४९) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts