Friday, July 29, 2016

गिनिज किर्तीमानी मोक्तानलाई सम्मान

बनेपा, १४ साउन । योग साधनामार्फत गिनिज बुकमा नाम लेखाउन सफल भएका काभ्रेपलाञ्चोकको फोक्सिङटारका उत्तम मोक्तानलाई आज बनेपामा सम्मान गरिएको छ ।

नेपाल स्कुल परियोजनाले नवौँ वार्षिक साधारणसभाको अवसरमा मोक्तानलाई सम्मान गरेको हो । उहाँले ५० घन्टा १५ मिनेट योगासन गरी भारतका योगराज सिपीले राख्नुभएको योग म्याराथनको रिकर्ड तोड्नुभएको थियो ।

सो अवसरमा बोल्दै मोक्तानले योग समग्र जीवनको दर्शन भएको उल्लेख गर्दै युवा पिँढीलाई कुलतमा नफस्न आग्रह गर्नुभयो । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका अध्यक्ष भूमिनन्द देवकोटाले योगले मानव जीवनलाई गति प्रदान गर्ने उल्लेख गर्दै मानवीय जीवनलाई स्फूर्त बनाउन योगले सहयोग गर्ने बताउनुभयो ।

परियोजनाका अध्यक्ष रकमसिंह घलानको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रीय सदस्य गुबेन तौजलेलगायतले योगले नयाँ जीवन दिने बताउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts