Thursday, July 14, 2016

अविश्वास प्रस्तावमा हाम्रो पनि समर्थन छ :अध्यक्ष साह

लहान, ३० असार । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा दर्ता गराइएको अविश्वासको प्रस्तावमा आफ्नो पार्टीको पनि समर्थन रहेको बताउनुभएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन सिरहाको लहान आइपुग्नुभएका अध्यक्ष साहले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो – “वर्तमान सरकार मुलुकको समस्या समाधानमा असफल भइसकेकाले प्रधानमन्त्रीको विपक्षमा दर्ता गराइएको अविश्वासको प्रस्तावमा आफ्नो दलको समर्थन छ ।”

सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले फिर्ता लिइसकेकाले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिएर अर्काे सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्ने उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts