महोत्तरी, २ साउन । बर्दिवासमा करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
आज बिहान करेन्ट लागेर गम्भीर घाइते भएकी बर्दिवास नगरपालिका–७ किसान नगरकी ५० वर्षीया गीतादेवी मगरको बर्दिवासस्थित शुभस्वस्तीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताउनुभयो ।
मृतकको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुर लगिएको छ । रासस
No comments:
Post a Comment