चौतारा, २ साउन । भोटेकोसी नदीले थप तीन घर बगाएको छ । नदी कटानले शनिबार र आज गरी तातोपानी गाविस–३ कोप्लाङ गाउँका थप तीन घर बगाएको हो ।
दुई दिनदेखिको लगातारको वर्षा र नदी कटानले करिब २०० मि माथि रहेको चौकीडाँडासमेत खतरामा परेको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले बताउनुभयो ।
तातोपानीको दश किलोदेखि दुई किमी क्षेत्रमा रहेको लिपिङ बजारसम्म एक सातादेखिनै मानव शून्य भइसकेको छ । कतिपय व्यक्ति राजधानी गइसकेका छन् भने थोरैमात्र चौकीडाँडास्थित आफन्तकहाँ बसिरहेका छन् ।
तातोपानीस्थित इको रिसोर्ट भन्दा तल रहेको पक्की सडकको तल्लो भागमा रहेको तार जालीसमेत नदीले कटान गरिरहेको हुँदा सडकको कुनाको भाग पहरोमा परिवर्तित भएको छ । रासस
–––––––
No related posts.
No comments:
Post a Comment