सुरुङ्गा (झापा), १३ साउन । पूर्वपश्चिम राजर्मागको धाइजन–६ मा आज अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ६९५३ नंको बसको ठक्करबाट आज हल्दिबारी–९ का पवन राजवंशीको मृत्यु भएको छ ।
मे ४ प १८९२ नंको मोटरसाइकलमा सवार उनलाई बसले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्करबाट सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँकी शान्ति राजवंशी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस
No comments:
Post a Comment