Friday, July 29, 2016

टिमुरखेती विस्तार

बाबियाचौर ९म्याग्दी०, १४ साउन । आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ ।

जडीबुटी र मसलाको रुपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन वृद्धी गर्ने उद्देश्यले वनमा नौ हजार बिरुवा रोपिएको जिल्ला वन कार्यालयको सहायक वन अधिकृत युवराज पोख्रेलले जानकारी दिनुभयो ।

दानाको चित्रेनीपाखो, बेनपा– १० निलपहरा, बेग– २ लालीगुराँस, अर्मन– ८ र ९, पाखापानी– ठूटाबोट, दरवाङको दोवील्ना लमसुङ र दह सामुदायिक वन समूहका उपभोक्ताले सामूहिक टिमुरखेती गरेका छन् । वनले निःशुल्क बिरुवा उपलब्ध गराएपछि उपभोक्ताले श्रमदान गरेर बिरुवा लगाएका हुन् । दाल, तरकारी र अचार स्वादिलो बनाउन टिमुर प्रयोग गरिँदै आएको छ । स्वदेशका होटल तथा विदेशमा माग बढ्न थालेपछि व्यावसायिक रुपमा टिमुरखेती गर्न थालेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts