Friday, August 5, 2016

पशुपतिनाथको मूलद्वार कलात्मक बनाइने

काठमाडौँ, २२ साउन । पशुपतिनाथ दक्षिण मूलद्वार कलात्मक रुपमा निर्माण हुने भएको छ ।

कलात्मक द्वार निर्माणका लागि पशुपति विकास कोषलाई नेपाल एसबिआई बैंकले रु एक करोड ७५ लाख दिने सम्झौता शुक्रबार भयो ।

द्वारसँग टिकट घर, सुरक्षाकर्मी घर, फूलप्रसाद बिक्री केन्द्र, एटिएम र शौचालय पनि निर्माण हुने सम्झौता भएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिनुभयो ।

एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने सहमति भएको उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts