Friday, August 5, 2016

मोटरसाइकल जुध्दा दुईजना गम्भीर

मोरङ, २२ साउन । मोरङको सोराभाग–३ स्थित रङ्गेली–विराटनगर सडकखण्डमा शुक्रबार साँझ दुई वटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् ।

साँझ साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २३ प २७६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २४ प ३०८४ नम्बरको मोटरसाइकल एकापसमा जुधेको हो ।

दुर्घटनामा चालकहरु मोरङ कदमाहा–८ का १८ वर्षीय अजय शर्मा र मोरङ डायनिया–८ का २६ वर्षीय सन्दिप शाह गम्भीर घाइते भएका हुन् ।

दुवै जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts