Sunday, August 7, 2016

नदीमा डुबेर मलामीको मृत्यु

भीमदत्तनगर, २३ साउन । कञ्चनपुरको दोदा नदीमा मलामी गएका एक युवकको आज बिहान डुबेर मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका–१० स्थित दोदा नदीमा बिहान मलामी गएका सोही नगरपालिका–९ का १६ वर्षीय दीपेन्द्रसिंह ठकुरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिनुभयो ।

ठकुरीसँगै नदीमा नुहाउन हिँडेका १७ वर्षीय विकास श्रेष्ठ बेपत्ता छन् । पानी धमिलो भएकाले खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts