Tuesday, August 16, 2016

दुर्घटना जाँच आयोग गठन

काठमाडौँ, ३२ साउन । सरकारले कर्णाली नदीमा भएको मकालु एयरको वायुयान दुर्घटनाको कारण पत्ता लगाउन पूर्व सचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा आज चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

आयोगमा नेपाल वायु सेवा निगमका इञ्जिनियर सोहन महर्जन र गोमा एयर प्रालिका क्याप्टेन मनिष पन्त सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर हरिबहादुर खड्का सदस्य–सचिव रहनुभएको छ ।

आयोगलाई ९० दिनभित्र वायुयान दुर्घटनाका कारण पत्ता लगाई भविष्यमा यस्तो दुर्घटना हुन नदिने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

यही साउन २० गते हुम्लाको सिमिकोटबाट सुर्खेत कार्गो चार्टर उडानमा रहेको मकालु एयर प्रालिको नाइन एन–ए केसी दर्ता भएको एउटा इन्जिन रहेको वायुयान कर्णाली नदीमा जर्बजस्ती अवतरण गर्दा दुर्घटना भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts