Tuesday, August 16, 2016

सात उद्योगमा सिलबन्दी

काठमाडौँ, ३२ साउन । सरकारले नियमविपरीत सञ्चालन भएका विभिन्न सात उद्योग व्यवसायमा सिलबन्दी गरेको छ ।

आज आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण मञ्च, खाद्य संस्थान नेपाल र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्तरुपमा गरेको अनुगमनबाट नियमविपरीत सञ्चालन भएका सात उद्योगमा सिलबन्दी गरिएको आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सिलबन्दी गरिएका सातमध्ये तीन खानेपानी उद्योग, तीन औषधि पसल तथा पोलिक्लिकल र एक पेट्रोलपम्प रहेका छन् ।

सिलबन्दी गरिएका तीन पानी उद्योगमा बूढानीलकण्ठका क्षेत्रका रहेका छन् । उहाँका अनुसार ग्रिनवेरी वाटर इन्डस्ट्रि, प्राची स्प्रीङ वाटर सोलुसन र बूढानीलकण्ठ मिनरल वाटर इन्डस्ट्रि छन् ।

यसैगरी अनुगमनका क्रममा नवीकरण नगरेका सिनामङ्गल क्षेत्रका तीन औषधि पसल पनि बन्द गरिएको छ । श्रेष्ठका अनुसार ज्ञानगङ्गा फार्मेसी, एमभी पोलिक्लिकल र सिनामङ्गल हेल्थ केयर रहेका छन् । उहाँका अनुसार भक्तपुरमा रहेको न्यू महेश्वरी फ्युल सेन्टरमा पनि सिलबन्दी गरिएको छ ।

आज मन्त्रालयले दूध, पानी, खाद्यान्न, औषधि, पेट्रोललगायत ११ आम उपभोक्ता सङ्घ प्रत्यक्ष सरोकार वस्तुका उपत्यका क्षेत्रका ५५ उद्योग व्यवसायमा अनुगमन गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts